महाधिवेशनमा हामीले आफ्ना सबलता र कमजोरीको वस्तुनिष्ठ आत्मसमीक्षा गर्नुपर्छ

-टंक कार्की ।

नेकपा एमालेको आगामी ११औं महाधिवेशनको निम्ति महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ । आज हाम्रो यथार्थ के हो भने हामी संक्रमणकालिन समाजबाट गुज्रदैछौं । इमाइल दुर्खिमले भने जस्तै पुरानो थिति भत्किसकेको छ र नयाँ थिति थिग्रिसकेको छैन । हामी बेथितिको अवस्थामा गुज्रिरहेका छौं माक्र्सले भने जस्तै हाम्रो स्थिति के पनि हो आफैंले आर्जन गरेको लोकतन्त्रबाट आफू टाढा पारिँदै लगिएको र आफ्नै त्यस्तो सिर्जना माथि आफ्नो स्वत्व गुम्दै गएको समाज महसुस गर्दैछ र यसले वितृष्णा (Alienation) बढाउँदै लगिरहेको छ।

आम जनतामा आफ्नो घरदैलामा आइपुग्ने गरी देशको विकास र समृद्धि प्रतिको स्वभाविक अपेक्षा छ । यसलाई साकार बनाउन लामो संघर्ष र ठूलो बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भएको हो । परन्तु लोकतान्त्रिक प्रणालीसँग बेमेल खाने राज्य र राजनीतिका प्रचलित संरचना, संस्था र संस्कृतिमा आमुल सुधार ल्याउन नसकिएकै हो । यसले सामाजिक असन्तुष्टी बढाएकै हो र यसलाई भजाउँदै प्रतिगमन र भूराजनीतिका शक्तिहरु अस्थिरताको आगो झोसेर आफ्नो हित साँध्न नाना भाँतिका प्रपन्च गरी रहेको यथार्थ पनि हाम्रा सामु छ । जनताको अपेक्षाको संवाहक हुन र प्रतिगमन र भूराजनीतिक शक्तिका दुरासयबाट मुलुकलाई जोगाउन राज्य र राजनीतिका प्रचलित संरचना, संस्था र संस्कृतिमा आमुल सुधारको विकल्प छैन ।

दशौं महाधिवेशनपछि हामी प्रतिरक्षात्मक हुँदै आएका छौं र यसलाई बदलेर जनताको भरोसा र विश्वासलाई पुनर्जीवित गरेर पार्टीलाई जनताको एक सच्चा र भरपर्दो हितैषिको रुपमा प्रतिष्ठापित गर्न औधी जरुरी छ । त्यसको निम्ति हामी आफैंभित्र पनि हाम्रो संरचना, संस्था र संस्कृतिमा सुधारको खाँचो छ । महाधिवेशन पार्टीको सर्वोच्च निर्णायक थलो हो । त्यो अभिभारा पुरा गर्न सकौं । हामी ऐतिहासिक र संगीन घडीमा छौं । हामीले आफ्ना सबलता र कमजोरीको वस्तुनिष्ठ आत्मसमीक्षा पनि गर्नुपर्दछ । एकतावद्ध होऔं, आ–आफ्नो ठाउँबाट जिम्मेवार बनौं र प्रतिस्पर्धाको अवस्थामा पनि स्वस्थ बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *