-गोरखबहादुर चन्द ।
आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई जिल्लामा तथा गाउँपालिका पार्टीको जिम्मा विना भट्ट र राम सिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु । लामो समयसम्म प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा नेकपा एमाले पार्टीमा रही जोडिने अवसर मिल्यो खासगरि २०४७ सालमा मेरा आदरणीय गुरु स्वर्गीय त्तम बहादुर चन्दको प्रेरणाबाट कम्युनिष्ट बन्ने सौभाग्य प्राप्त भएको थियो । ततपश्चात काठमाडौंको टुँडिखेलमा तत्कालीन महासचिव मदनकुमार भण्डारीको भाषणबाट पनि निकै प्रभावित हुन पुगेर पार्टीमा जोडिन पुगें । २०४७ सालमा मान्नधर समूह एमालेमा विलय भएपछि म पनि बैतडी जिल्लाको सस्थापक सदस्य हुन पुगें ।
पछि जिविककोपार्जन गर्ने सिलसिलामा लामो समयसम्म शिक्षण पेशामा रहेर अनुभव हासिल गरियो । १० वर्षसम्म कुलाउ माध्यमिक विद्यायमा प्राचार्य भएर ५ वर्षसम्म क्याम्पस प्रमुख भएर उच्च शिक्षा अध्ययन अध्यापन गर्ने मौका पनि मिल्यो । २०७४ सालमा दामोदर भण्डारी लिलाधर भट्टले मेरो विद्यालयमा आएर ३ दिनसम्म हारगुहार गरेपछि मेरो हुँदाखाँदाको जागिर समेत छुटायो । शून्यबाट शुरुवात गरेको चुनावी अभियानमा २/२ कार्यकालमा पञ्चेश्वरका जनताहरुले उच्च मूल्यांकन गर्दै बहुमतका साथ विजय गराए । यो अवसरमा ति न्यायप्रेमी जनताको उच्च सम्मान गर्दै आभार प्रकट गर्न चाहन्छु । काम गर्ने सिलसिलामा मेरो हातले थुप्रै कमीकमजोरीहरु भएका होलान् । दूधले धोएको म पनि नहुन सक्छु त्यसका लागि क्षमाप्रार्थी छु । पञ्चेश्वर गाउँपालिकामा केही सम्झनलायक कामहरु पनि भएका छन् ।
गाउगाउँमा सडकहरु पुर्याएका छौं विद्युतीकरण भएको छ। खानेपानी शिक्षा स्वास्थ्यमा केही सकारात्मक कुराहरु भएका छन् । तर विगत केही वर्षयतादेखि जसरी कामकाज अगाडी बढ्नु पर्ने हो त्यसरी नबढेको महसुस हामीले पनि गरेका छौं र जनताले पनि गरेका छन् । त्यसको कारण जिल्ला नेतृत्वले यहाँका जनप्रतिनिधिहरुबीच पार्टी कार्यकर्ताहरुबीच द्वन्द्व सृजना गर्नु गराउनु नै हो । खासगरेर लिलाधर भट्टले मेरो लोकपृयता भूगोल र हाइटले गर्दा छटपटाएर मेरा विरुद्ध अनेकौं जालझेल र तानाबुना बुनिरहे त्यतिले मात्रै नपुेर मलाई पार्टीबाट निष्कासन गर्ने दुश्प्रायास समेत गरेको कुरा छर्लङ्गै छ । मलाई लिलाधर भट्टले आफ्नो प्रतिस्पर्धी देखेपछि पार्टीबाट हटाउन अनेकौं जालझेल निरन्तर लागिरह्यो ।
पछिल्लो घटना मलाई पार्टी प्रतिनिधि हुन नदिने त्यसैको उदाहरण हो पञ्चेश्वरकी उपाध्यक्ष विना भट्ट तथा एक दुईजना वडाअध्यक्षहरुलाई मेराविरुद्ध परिचालित गरिनै रह्यो । हालसालै राप्रपाबाट आएका नैतिक पतनभएका वडाअध्क्ष रामसिंह पुजारालाई मेराविरुद्ध उम्मेदवारी हाल्न लगाइयो । म आफैं निरङ्कुशताका विरुद्ध लडेको मान्छे बहुदलीय प्रजातन्त्रका/लोकतन्त्रका लडेकोमान्छे थुनिएको मान्छे बेलाबेलामा फरक मत राखेबापत पार्टीबाट निरङ्कुशताको सिकार बन्न पुगें । थुप्रै पटक कारबाही भोग्नुपर्यो । यो पार्टी भित्रको चरम गुटबन्दी चाकरी चाप्लुसी झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो । पार्टी भित्रको लोकतान्त्रिकरण तथा निरंकुकुशताकाविरुद्ध बेलाबेला लडिरहें । तर सकिन झोलेहरुको बहुमत भयो म मेरो भूगोल तल्लो स्वराडका जनताको कुरा उठाइरहन्थें । तर तिनीहरु हामीले मात्रै शासन गर्नुपर्छ नेता हामीले मात्रै हुनुपर्छ ।
तल्लो स्वराडको मान्छे नेता हुन सक्दैन कार्यकर्ता मात्रै हुनसक्छ भनेर हामीलाई झोला बोकाइरहन्थे । यि र यस्ता थुप्रै प्रवृत्तिले म जस्ता स्वाभिमानी कार्यकर्ताको लागि असह्य कुरा हुन पुग्यो । तल्लो स्वराडका जनताको भोटले मन्त्री हुने सांसद हुने भोट बैंक बनाउने निर्वाचन जितिसकेपछि १/२ योजना दिएर चित्त बुझाउ भन्ने खालको परिपाटी उहिले देखि नै रहिरह्यो । कि त जोतहलो कि त छोडथलो भन्ने नारा आजभन्दा सयौं वर्ष अगाडि भीमदत्त पन्तले लगाएका थिए । ठिक त्यसको विपरीत नारा कि त बन झोले नत छैन भलो भन्ने नारा पार्टीभित्र लगाइयो । पार्टी भित्रका हजारौं स्वाभिमानी कार्यकर्ताहरु यो अवस्थाबाट गुजारी रहे । सहन सक्ने पार्टीमानै रहिरहेकै छन् । सहन नसक्ने कतिपय नेता कार्यकर्ता पार्टीबाट बहिर्गमन भएका छन् । यो तितो सत्य हो यो तितो सत्यलाई मध्यनजर गर्दै अब उप्रान्त यो पार्टीमा रहेर कामकाज गर्ने अवस्था रहेन । लिलाधरजीका लागि पनि मार्ग प्रशस्त गर्न यो कठोर र अपृय निर्णय गर्न बाध्य भएँ । यहाँसम्म साथ सहयोग गर्ने पार्टी भित्रका स्वाभावीमानी नेता कार्कर्ताहरुलाई सलाम गर्न चाहन्छु । जिन्दगीको यात्रामा कुनै न कुनै मोडमा भेटभइनै रहने छ ।
(चन्द बैतडीको पञ्चेश्वर गाउँपालिकाका एमालेबाट निर्वाचित अध्यक्ष हुन् ।)
