महासङ्घ र कलाकारबीच मैत्रीपूर्ण फुटसल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको खेलकुद तथा मनोरञ्जन फोरमको संयोजनमा महासङ्घ र राष्ट्रिय कलाकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बालुवाटारस्थित ढुकु फुटसल मैदानमा आयोजना गरिएको उक्त खेलमा महासङ्घको टोलीले कलाकारको टोलीलाई ७–४ गोलअन्तरले पराजित गरेको थियो । सो खेलको उद्घाटन महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । खेलको पहिलो हाफमा महासङ्घले ३–० गोल अन्तरको अग्रता लिएको थियो । दोस्रो हाफमा महासङ्घले थप चार गोल गरेको थियो भने कलाकारको टोलीले पनि तीन गोल गर्न सफल भएको थियो ।

महासङ्घका तर्फबाट अध्यक्ष ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा कलाकारहरूको टोलीमा शिव श्रेष्ठ, धिरेन शाक्य, रवीन्द्र खड्का, मोहन निरौलालगायतको सहभागिता थियो । सहभागी खेलाडीलाई महासङ्घका अध्यक्ष ढकालले मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *