काठमाडौँ । बिहिबार १४७ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहिबार थप १४७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० जना पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ । ६ वटा जिल्ला कोरोना मुक्त भएको छ ।