च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर सिटी पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर सिटी पराजित भएका छन् । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग ३-० गोलले पराजित भएको हो ।

स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एस्टेभाओ र लिम डेलापले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको २७ औँ मिनेटमा जुलेस कौन्डेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि चेल्सीले शुरुवाती अग्रता लिएको थियो ।

४४ औँ मिनेटमा रोनाल्ड अरौजोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । ५५ औँ मिनेटमा एस्टेभाओले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ७३ औँ मिनेटमा डेलापले गोल गरेपछि चेल्सी सहज जिततर्फ अग्रसर भएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी ३-० गोलले विजयी भएको हो । जितसँगै चेल्सी ५ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको बार्सिलोना १५ औँ स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा बायर लेभारकुसेनले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । इतिहास स्टेडियममा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन एलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक सिचेकले समान एक/एक गोल गरे ।

जितसँगै लेभरकुसेन ५ खेलबाट ८ अंक जोड्दै तालिकाको १३ औँ स्थानमा उक्लिएको छ भने समान खेलबाट १० अंक जोडेको सिटी छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *