दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बधाई ज्ञापन गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी छिन् ।

नेपाली टोली विश्वकप खेलेर आज नेपाल स्वदेश फर्किएको थियो ।

आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *