मलेसिया । मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
लामो समय देखि भइरहेको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितहरूलाई ३३ वटा अस्थायी बाढी पीडित राहत केन्द्रमा सारिएको छ ।
मलेसियाको मौसम विभागले हाल निरन्तर रुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ ।
यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्यासित बाढीको कारण लगभग चार लाख मानिसहरू विस्थापित हुनुका साथै मनवीय तथा भौति क्षतिको सामना गरेका थिए ।
