तीन किलाेमिटर लखेटेर सशस्त्र प्रहरीकाे हत्याः तीन आराेपित पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संग्लन आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २५ वर्षीय जयकेश कुमार यादव, २० वर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव छन् ।

सिरहाको सिरहा नगरपालिका १७ स्थित बोर्डर आउट पोष्ट (वीओपी)मा कार्यरत यादव गत असार १६ गते सोही नगरपालिका १४ खिरौनामा रहेको नहरमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार प्रहरी जवान यादव एक विवाहमा गएको बेला सामान्य विवाद भएको घटनालाई लिएर चोर भन्दै लखेटेर पानीमा डुबाएर मारेको खुलेको छ । ती प्रहरी जवानलाई उनीहरुले ३ किलोमिटरसम्म लखेटेका थिए । उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *