भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

हनोई । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५५ पुगेको जनाउदै १३ जना अझै बेपत्ता रहेका भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरूलाई बगायर मृत्यु भएको जनाइएको छ ।

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने अन्य ९४६ घरहरू क्षतिग्रस्त भएका छन् ।

यसैगरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *