मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार बिहान ८ः५० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउन घटनास्थलमा मेसिन परिचालन गरिसकिएको र करिब डेढ घण्टाभित्र सडक खुलाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजनले जनाएको छ ।

सडक डिभिजनले पहिरोका कारण सडकमा रोकिएका यात्रुलाई धैर्य गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *