सचिवालय बैठकमा ईश्वर पोखरेलले भने-अध्यक्ष पदमा प्रतिस्पर्धा गर्छु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

उनले आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर नहुने भन्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले प्रतिस्पर्धामा जस्तो परिणाम आएपनि सामना गर्ने बताए । बैठकमा उनले अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी नचल्ने बताए ।

उनले भने, ‘अध्यक्षको व्यवहार, कार्यशैली ठिक छैन । पछिल्लो बोली नेताको जस्तो छैन ।’ पोखरेलले यही मंसिर ८ गते आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम पनि तय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *