काठमाडौँ । जेनजी समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडलगायत २३ वटा समूहले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रित भएको उल्लेख गरेका छन् ।
उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

