नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीको फिफा वरीयता खस्किएको छ । बुधबार बेलुकी फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको दूई स्थान खस्किएको हो ।

नयाँ वरीयतामा नेपाल दुई स्थान तल झरेसँगै १ सय ८२ औँ स्थानमा पुगेको छ । जुन पछिल्लो ९ वर्षकै सबैभन्दा खराब वरीयता हो । नेपाल दुई स्थान तल झर्दा बंगलादेश नेपाललाई उछुन्दै दक्षिण एसियामा उत्कृष्ट तेस्रो टोली बन्न सफल भएको छ । नोभेम्बर महिनामा भएको मैत्रीपूर्ण खेलमा नेपालसँग २-२ गोलको बराबरी र एसियन कप छनोटको खेलमा भारतलाई पराजित गरेको बंगलादेश तीन स्थान माथि उक्लिदै १ सय ८० औँ स्थानमा पुगेको छ । नेपाल एएफसी एसियन कप छनोटको खेलमा मलेसियासँग १-० गोलले पराजित भएको थियो ।

दक्षिण एसियामा भारत ६ स्थान तल झर्दै १ सय ४२ औँ स्थानमा पुग्दा माल्दिभ्स १ सय ७३ औँ स्थानमा यथावत रहेको छ । यस्तै भुटान तीन स्थान तल झर्दै १ सय ९२ औँ तथा श्रीलंका र पाकिस्तान एक/एक स्थान तल झर्दै क्रमशः १ सय ९४ औँ र १ सय ९९ औँ स्थानमा रहेका छन् ।

शीर्ष १० मा क्रमशः स्पेन, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जीय, जर्मनी र क्रोएसिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *