पूर्व डिआईजी कोइराला सात वर्षपछि जेलमुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले कोइरालालाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोइराला आज जेलमुक्त भएका हुन् । श्रीमतीकाृे हत्या गरेको अभियोगमा उनलाई सर्वोच्चले असार १५ मा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
पत्नी गीता ढकालको हत्या गरी पोको पारेर जलाएको अभियोग पुष्टि गर्दै उनी सर्वस्वसहित कारागार चलान भएका थिए । प्रधानन्यायाधीश राणासहित तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

नेशनल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन मकवानपुरको पालुङमा शव जलाएको पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *