काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो ।
सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए ।
यस्तै, उनले क्रिकेटले धेरै बाटो खोलिदिएको कारण पनि एकदमै मेहेनत गर्नुपर्ने बताए । एसीसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टोलीको कप्तानी अशोक धामीले गरिरहेका छन् भने निरज यादव विकेटकिपरको भूमिकामा रहनेछन् ।
घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन् ।
