जर्मनी र नेदरल्यान्ड्स विश्वकपमा छनोट

एजेन्सी । जर्मनी र नेदरल्यान्ड्स फिफा विश्वकप-२०२६ मा छनोट भएका छन् । सोमबार राति भएको युरोपेली छनोटको खेलमा स्लोभाकियालाई ६-० गोलले हराउँदै जर्मनी विश्वकपमा छनोट भएको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन लोरी सानेले दुई तथा निक वाल्टमेड, सेर्जे ग्नाब्री, रिडल बाकु र फोर्जन असन ओड्रागोले समान एक/एक गोल गरे । जर्मनीले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको हो ।

जितसँगै जर्मनी ६ खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा लिथुनियालाई ४-० गोलले हराउँदै नेदरल्यान्ड्सले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । जोहान क्रफ एरिनामा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन टिजानी रेन्ज्डर्स, कोडी गाक्पो, जाभी सिमोन्स र डोन्यल मलनले समान एक/एक गोल गरे ।

जितसँगै नेदरल्यान्ड्स ८ खेलबाट २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको लिथुनिया पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *