काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
ताजा अवस्थामा जनकपुरले ६ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४० रन बनाएको छ । हाल आसिफ शेख २८ र लोफ्टि इटन एक रन बनाउँदै क्रिजमा छन् । यसअघि लहिरु मिलान्था ७ र कप्तान अनिल कुमार शाह डकआउट भएका हुन् ।
काठमाडौंको लागि मिलिन्द कुमारले दुई विकेट लिए ।
काठमाडौंको प्लेइङ ११ :- जोन सिम्प्सन, मोहम्मद आदील अलाम, जेर्हाड इरास्मस, भीम शार्की, आकाश त्रिपाठी, बेन चार्ल्सवोर्थ, मिलिन्द कुमार, रशिद खान, करण केसी(कप्तान), सन्तोष यादव, शाहाब अलाम
जनकपुरको प्लेइङ ११ : आसिफ शेख, लाहिरु मिलान्था, अनिलकुमार साह(कप्तान), जान निकोल लोफ्टी इटन, सन्जय कृष्णमुर्ति, किशोर महतो, मयान यादव, विकाश आग्री, रुपेश सिंह, ललितनारायण राजवंशी
