एसएसपी अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की एआईजीमा बढुवाका लागि सिफारिस भएपछि रिक्त पदमा अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवामा पहिलो नम्बरमा रहेका अधिकारीलाई जेनजी आन्दोलनका कारण यसअघि ५ जनालाई डीआईजीमा बढुवा गर्दा छुटाइएको थियो ।

सोमबार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । अधिकारी जेनजी आन्दोलनको समय भदौ २३ र २४ गते नै काठमाडौँको प्रहरी प्रमुख थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *