विश्वकप खेल्न कबड्डी टोली बङ्गलादेश जाने

काठमाडौँ, । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि बङ्गलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

यही नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारू, सिर्जना धानुक, मनिषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरबिन्दकुमार झाले जानकारी दिए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठलगायतले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *