रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक

काठमाडौँ। आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ।’ गाएर चर्चामा आएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय ज्योतिषीको समेत परिचय बनाएका पौडेलले लामो समयपछि गीत गाएका हुन् । उनको अन्य कमेडी गीतहरु कसैलाई नभन्नु ल, डाक्टर साब भिटामिन लेख्दिनु न, तितेपाती तितेपाती झ्याप झ्याप जस्ता स्रोतामाझ लोकप्रिय छन् ।

‘बुढाबुढी’ गीतको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन् । म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *