काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव पफेला परेको छ । उनीहरु बाबुछोरी हुन् ।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिंडेका उनीहरु सम्पर्कविहीन भएका थिए ।
उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।
उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरुको शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको र शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।








