बंगलादेश र मलेसियासँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शनिबार टोलीका मुख्य प्रशिक्षक हरि खड्काले गोलकिपर किरण कुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको जानकारी दिएको हो ।

नेपालले आगामी नोभेम्बर १२ मा बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण र नोभेम्बर १८ मा एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियासँग खेल्ने तालिका रहेको छ । टोलीका मुख्य प्रशिक्षक म्याट रोसले पदबाट राजिनामा दिएपछि एन्फाले खड्कालाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

नेपाली टोली :- अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेम्जन, दिपेश गुरुङ, जिलिस्पी जंग कार्की, कुशल देउवा, किरण कुमार लिम्बू(कप्तान), लकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *