गुण्डुमा रामकुमारी झाँक्रीद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता(भिडियो)

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरु किसान श्रेष्ठ, रामकुमारी झाँक्री, पिताम्बर तिम्सिनालगायतका नेताहरुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार भक्तपुरको गुण्डु पुगेर उनीहरुले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

एमाले नेता महेश बस्नेतले एकीकृत समाजवादीबाट विद्रोह गरेका झाँक्री, किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग भेट गरेको जानकारी दिएका छन् । उनले यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिए ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि उनीहरुले एकतामा सहभागी नहुने निर्णय गरेका थिए । बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले निःशर्त एमालेमा जाने जानकारीसमेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *