काठमाडौँ । मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । मंगबार नेप्से १८.१० अंकले घटेको हो । सोमबार नेप्से १३.१७ अंकले घटेको थियो ।
आज ३४७ वटा कम्पनकीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ । कारोबारमा आएकामध्ये ४८ वटा कम्पनीको मूल्य बढ्दा २१५ वटाको घटेको छ । ६ वटा कम्पनको मूल्य भने स्थिर रह्यो ।
तीनवटा कम्पनीको सेयर १५ प्रतिशतले बढ्यो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
