गृहमन्त्री सुदन गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘उहाँको हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के ? त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ।’

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *