एन्फा मुख्यालय अगाडि खेलाडी र समर्थकको प्रदर्शन

काठमाडौँ । नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शितालगायतविरुद्ध फुटबल खेलाडी र समर्थकहरुले अखिल नेपाल फुटबल महासंघको मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।

बिहीबार खेलाडी र समर्थकहरुले एन्फा मुख्यालय अगाडि प्रदर्शन गर्दै धर्ना दिएका हुन् । उनीहरुले एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको बताएका छन् ।

एन्फाले यसवर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेपछि एन्फाविरुद्ध थप आक्रोश बढेको छ । जेनजी समूहले पनि एन्फा गैरजिम्मेवार भएको भन्दै पदाधिकारीको राजीनामा माग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *