एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई ३-१ गोलले हराउँदै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल, फेरान टोरेस र मार्कुस रासफोर्डले समान एक/एक गोल गरे । इल्चेको लागि राफ मिरले एक गोल फर्काए । खेलको नवौँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । दुई मिनेटपछि टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
४२ औँ मिनेटमा मिरले गोल गर्दै इल्चेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६१ औँ मिनेटमा रासफोर्डले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-१ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना ११ खेलबाट २५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १४ अंक जोडेको इल्चे नवौं स्थानमा रहेको छ ।
