ब्राउन सुगरसहित एक पक्राउ

लहान । सिरहा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका १ बस्ने अरुण कुमार पुर्वेले आफ्नै घरमा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध बरामद गरेको थियो ।

प्रहरीले लागू औषध ब्राउन सुगर १ ग्राम ३०० मिलिग्राम र लागू औषध गाजा प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम सहित पुर्वे लाई नियन्त्रणमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *