कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि उनले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतरपक्षबीच विवाद छ । संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्न चाहन्छ भने इतरपक्ष निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *