दीपा शाहीपनि बंगलादेशी क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी युवा मिडफिल्डर दीपा शाही बंगलादेशी क्लब नास्रिन स्पोर्ट्स एकेडेमीमा आबद्ध भएकी छिन् । शनिबार क्लबले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जनाएको हो ।

त्रिभुवन आर्मी फूटबल क्लबकी दीपा बंगलादेशी क्लबमा अनुबन्धित हुने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नास्रिनले डिफेन्डरद्वय समिक्षा घिमिरे र पुजा रानालाई भित्र्याइसेको छ । काठमाडौंमा हुने साफ महिला क्लब च्याम्पियन्सिपको लागि क्लबले विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो । प्रतियोगिता ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म काठमाडौंमा  हुँदैछ ।

प्रतियोगितामा नेपालबाट नेपाल एपीएफ क्लब, भारतबाट इस्ट बङ्गाल क्लब, बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानबाट काराँची सिटीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *