रेशम चौधरीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

उनले जेनजी पुस्ताका कबीर सोबलाई अध्यक्षको जिम्मेवारी दिएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ । चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको छ ।

नाउपा नेपालको महासचिवमा उमाशंकर चौधरी छन् । पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *