काठमाडौं । मंगलबार शेयर बजार नेप्से ६२ अंकले बढेको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेपछि बजार बन्द भएको हो । आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको शेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका तीन सय १४ लगानी उपकरणमध्ये दुई सय ७२ को मूल्य बढेको छ, ३२ को घटेको छ भने बाँकीको स्थिर छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत बढ्यो ।
बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंक छन् ।

 
				 
										 
										 
										