एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र पेरिस सेन्ट जर्मन(पीएसजी)ले गोलको वर्षा गरेका छन् । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको ओलाम्पिकोसलाई ६-१ गोलले हराउँदै बार्सिलोनाले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
इस्टाडी ओलिम्पिक लुइस कोम्पानिसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेजले ह्याट्रिक पूरा गर्दा मार्कुस रासफोर्डले दुई र लामिने यामालले एक गोल गरे । ओलाम्पिकोसको लागि अयुब एल काबीले एक गोल गरे ।
गएरातिनै भएको अर्को खेलमा बायर लेभरकुसेनलाई ७-२ गोलले हराउँदै पीएसजीले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो । पीएसजीलाई जित दिलाउन डेसिरे डोएले दुई तथा विलियम पाचो, ख्विचा क्भाराटस्खेलिया, नुनो मेन्डेस, ओसुमाने डेम्बेले र भिटिन्हाले समान एक/एक गोल गरे । लेभरकुसेनको लागि एलेक्स गार्सियाले दुई गोल फर्काए ।
जितसँगै पीएसजी ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको लेभरकुसेन २७ औँ स्थानमा रहेको छ ।