काठमाडौं । इंग्ल्याण्डका चर्चित ब्याट्सम्यान डेविड मलानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् । चितवनले मंगलबार सामाजिक सञ्जालबाट मलानलाई अनुबन्ध गरेको जनाएको हो ।
इंग्ल्याण्डबाट सन् २०२२ मा भएको टी-२० विश्वकपको उपाधिपनि जितिसकेका मलानले सन् २०२३ मा भारतमा भएको एकदिवसीय विश्वकपपनि खेलेका थिए ।
३८ वर्षीय मलानले इंग्ल्याण्डबाट तीनै फर्मेट टेस्ट, एकदिवसीय र टी-२० आई खेलेका छन् । उनले २२ टेस्टमा १ हजार ७४ रन, एकदिवसीयमा ३० खेल खेल्दै १ हजार ४ सय ५० र टी-२० आईमा ६२ खेल खेल्दै १ हजार ८ सय ९२ रन बनाएका छन् ।
उनले मेन्स हन्ड्रेड, बंगलादेश प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास जस्ता चर्चित लिग खेलिसकेका छन् । यस्तै यस सिजनपनि सोहिल तनभिर र रवि बोपाराले चितवनबाट खेल्ने टोलीले जानकारी दिएको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।