काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले पहिलोपटक दलहरुसँग छलफल गर्न लागेकी हुन् ।
आगामी २१ फागुनमा हुने चुनावका सन्दर्भमा दलहरूसँग छलफल हुन लागेको हो । छलफलका लागि दलहरुलाई अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ यसअघि सरकारले दलहरुसँग छलफल गरेको थिएन ।
राष्ट्रपति रामचन्द्र पौडेलले भने यसअघि निर्वाचनकाबारेमा दलहरुसँग भने छलफल गरेका थिए । सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै दलहरु सरकारसँग असन्तुष्ट रहेका बेला आज पहिलो पटक छलफल हुन लागेको हो ।