कोलम्बो । हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीनवटा पहाडी प्रदेशका खतरनाक सडक छेउहरूमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ।
सडक सुरक्षा तथा सवारी व्यवस्थापन विभागका उपमहानिर्देशक के. चन्द्रकुमारका अनुसार पहिलो चरणमा उवा, सबरगमुवा र केन्द्रीय प्रदेशमा काम सुरु हुनेछ।
उनले जानकारी दिँदै भने, ‘पहिचान गरिएका उच्च जोखिमयुक्त स्थानहरूमा करिब ५० किलोमिटर लम्बाइको फलामको सुरक्षात्मक बार जडान गरिनेछ।’