राष्ट्रिय संकटको बेला विपक्षीसँग पनि ‘घाँटी जोड्न’ तयार हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पार्टीको केन्द्रीय कमिटी बैठकमा राखेका आफ्ना धारणा सार्वजनिक गरेका छन् । सोमबार सामाजिक संजालमार्फत कार्कीले असोज ३० गतेको बैठकमा तीन मिनेटमा राखेका आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

(३ मिनेट भित्र राखेको कार्कीको धारणा जस्ताको तस्तै ।)
नेकपा (एमाले)को केन्द्रीय कमिटीको १० औं बैठकमा प्रस्तुत सुझाव
पार्टी अध्यक्ष, सहकर्मी साथीहरु !
अभिवादन !

हामी अहिले राष्ट्रिय संकटमा छौ र वाम आन्दोलन, विशेष गरी एमाले माथिको चुनौती बढेको छ । यो जेन जीको नाममा भएको कोतपर्व भन्डारखाल पर्व … पछिको सवैभन्दा ठुलो पर्व हो । यो विध्वंशकारी पर्व हो । यसमा

–चार शक्तिको संलग्नता, पुनरुत्थानवादी, सत्ता ढालेर सत्तासिन हुन आतुर शक्ति, दुई वाह्य छन् । वाह्य शक्तिका आ–आफ्नै रणनिति र लक्ष छन्– हाम्रो भूराजनीति, रणनीतिलाई आफ्नो पक्षमा पार्न वाह्य शक्तिको हस्तक्षेप । यसमा योजनावद्ध रुपमा प्रायोजित ढंगले प्रवेश भएको हो । यसबाट हाम्रो राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखन्डतामा चुनौती थपिन सक्छ ।

–जे भयो त्यो आकस्मिक थिएन त्यसलाई पूर्वानुमान गर्नमा कमी रहेकै हुन् । यो राजनीतिक र नैतिक जिम्मेवारीबाट नेतृत्व उम्किन सक्दैन ।

– विदेश नीतिमा हामी सन्तुलित र राष्ट्रवादी रहे पनि प्रधान अन्तरविरोध खोट्याउन हामीले नसकेकै हो = जेनजीका माग र ५० लाख + माइग्रेसन जसमा हरेक ६ः१ मा नेपाली परेका छन् त्यो अझ बढ्दो छ । त्यसमा कमी हुन सकेन । यो साधनको कमीले मात्र भएको होइन । उपलब्ध साधनको दुरुपयोग भएर पनि हो । यो अन्तरविरोध जनताको आर्थिक सामाजिक विकासको स्वभाविक अपेक्षा र राज्यको अपर्याप्त प्रयास र, साधनको दुरुपयोग बीचको हो । त्यसले पानी धमेलिएको हो र मौका छोपेर वाह्य शक्तिले बल्छी हानेको हो– आजको स्थिति यसैको परिणति हो ।

राष्ट्रिय संकटको मोचन राष्ट्रिय सहमति

–साझा एजेण्डा निर्माण संघीय लोकतान्त्रिक गणतन्त्रलाई केन्द्रविन्दु बनाएर साझा कार्यदिशा र एजेण्डा तयार गर्नु पर्दछ । स्वतन्त्र, शान्तिपूर्ण र भयरहित चुनावको पक्षमा उभिँदै त्यो हुन नसकेमा संसद पुनस्र्थापनासहितको विकल्पमा खुला भएर साझा कार्यदिशा निर्माण गर्नुपर्दछ ।

– यो बेला ‘all out war’ को रणनीति अवलम्वन गर्नु हुन्न । मित्र शक्ति ठम्याउनु पर्दछ । मित्र शक्तिहरु बीच commonality र difference दुवै हुन्छ । पहिलोमा प्राथमिकता, दोश्रोलाई गौण बनाएर जानु राम्रो हुन्छ । राष्ट्रिय संकटको बेला विपक्षीसँग पनि ’घाँटी जोड्न’ तयार हुनुपर्छ– पहिले आफैंभित्र जस्तो कि पूर्वराष्ट्रपति विद्या भण्डारीको मामिलामा ।

– हाम्रो संरचना, संस्था र संस्कृतिमा सुधार ल्याउनु पर्दछ ।

– ‘एक युगमा एक दिन एक पटक आउँछ ।’ यस घडीमा उचित निर्णय लिन चुक्नु हुन्न । अन्यथा अर्को युगभरि नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।
– राजनीति विज्ञान हो, कला पनि हो ।
धन्यवाद !

टंक कार्की
केन्द्रीय कमिटी सदस्य
२०८२/६/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *