राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप २०२६ का लागि छनोट भई इतिहास रच्न सफल भएकोमा बधाई दिएका छन् ।

बुधबार सामाजिक संजालमार्फत राष्ट्रपति पौडेलले विश्वकप २०२६ का लागि तेस्रो पटक छनोट भई इतिहास रच्न सफल भएकोमा नेपाली टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप २०२६ का लागि तेस्रो पटक छनोट भई इतिहास रच्न सफल भएकोमा नेपाली टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई हार्दिक बधाई । यो ऐतिहासिक सफलताका लागि तपाईंहरूको निरन्तर मेहनत, समर्पण र अनुशासन प्रशंसनीय छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *