बालेन र सुदनविरुद्ध प्रहरीमा नेविसंघको जाहेरी

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले संयुक्त रूपमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।

उनीहरूको जाहेरीलाई आवश्यक अध्ययनपछि दर्ता प्रक्रिया पूरा गर्ने जनाएको छ । भदौ २३ र २४ गते जेनजी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी कार्यालय तथा नेताहरूका आवासमा तोडफोड र आगजनी भएका थिए ।

नेविसंघले सो घटनामा विद्यालय पोसाक लगाएका विद्यार्थीहरूलाई प्रयोग गरेर आन्दोलनमा घुसपैठ गराएको, राष्ट्रिय सम्पदामा क्षति पुर्याएको र सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराउन भूमिका खेलेको आरोप लगाउँदै मेयर साह र गुरुङविरुद्ध काठमाडौं र ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएको जनाएको छ । यसअघि अनेरास्ववियुले पनि यही विषयमा साह र गुरुङविरुद्ध जाहेरी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *