अहिले पार्टी एकीकरणको समय होइनः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र नयाँ प्रकारको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको भन्दै सबै क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील शक्तिहरूलाई एकै ढाँचामा गोलबद्ध गर्न आह्वान गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टीलाई सशक्त, आमूल परिवर्तनकारी र नेपाली विशेषताको साम्यवादका निम्ति दृढ संकल्पित बनाउनुपर्ने बताएका हुन् ।

उनले भदौ २३–२४ का घटनापछि राजनीतिक परिदृश्य तीव्र रुपमा परिवर्तन भएको र अहिले देशको राजनीति आगामी निर्वाचनतर्फ केन्द्रित भएको बताए ।

उनले पार्टीभित्र प्राथमिक रूपमा चार वर्षे विद्रोह यात्राको निर्भिक समीक्षाको आवश्यकता औँल्याउँदै कुबेलाको सहनाई नबजाउन चेतावनी दिएका छन् । उनले अहिले पार्टी एकीकरणको समय नभएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *