काठमाडौं । असोज १८ र १९ गते आएको अबिरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । सशस्त्र प्रहरीकाअनुसार १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु भएको जानकारी दिएको छ ।
इलाममा ३७, पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको छ । ।

