रियल म्याड्रिडद्वारा गेटाफे पराजित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । मंगलबार राति भएको खेलमा म्याड्रिडले गेटाफेलाई २-० गोलले पराजित गरेको हो ।

एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र फेर्लान्ड मेन्डीले एक/एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६० औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ६६ औं मिनेटमा मार्सेलोको पासमा मेन्डीले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड विजयी भएको हो । जितसँगै म्याड्रिड २२ खेलमा ४६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *