काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालले तेस्रो टी-२० आईमा हार बेहोरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपाल १३ रनले पराजित भएको हो । यससँगै मलेसियाले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रनमात्र बनाउन सक्यो । नेपालको लागि रुबी पोद्दरले सर्वाधिक ३१ रन बनाउँदा कप्तान इन्दु बर्माले २२, सम्झना खड्काले १८ र कविता कुँवरले १५ रन बनाए ।
मलेसियाको लागि नुर दानिया सुहादा र अस्या एलिसाले समान एक/एक विकेट लिए ।
यसअघि कुवला लम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । मलेसियाको लागि अन्ना हामिजाह हशिमले ६१, मास एलिसाले ३० र वाण जिलियाले १६ रन बनाए ।
नेपालको लागि कविता जोशी र कविता कुँवरले एक/एक विकेट लिए ।
अब दुई टोलीबीचको तेस्रो खेल मंगलबार हुनेछ ।