काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तलब नपाएको भनेर सबैभन्दा बढी मधेस प्रदेशका विद्यालय शिक्षकबाट आएको बताएका छन् ।
दसैँजस्तो चाडमा पनि तलब पाइएन भनेर ५ सयभन्दा बढी गुनासो आएकाले यस विषयमा आफूले बुझिरहेको उनले सामाजिक संजालमार्फत बताएका हुन् ।
उनले भनेका छन्, ‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेसबाट आएको छ । वर्षदिनमा आउने दसैं तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु।’