जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष बस्नेतमाथि आक्रमण प्रयास, दुई युवा घाइते

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आज बेलुकी कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

घाइते हुनेमा कुशे-४ का नवराज शाही र कुशे-७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *