सोमबारदेखि नारायणगढ–मुग्लिन सडक आंशिक बन्द हुने

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आइतबार जारी सूचनामा भनिएको छ, ‘कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।’

कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ । सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समयसमयमा गईरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउनेलगायतका काम गर्न लागिएको हो ।

तुइन खोलामा बारम्बार पहिरो झर्ने गर्दछ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो । सूचनाअनुसार समयसमयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ ।

नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *