केपी ओलीसहित पाँच जनालाई काठमाडौं उपत्यका छाड्न रोक

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनालाई काठमाडौं उपत्यका छाड्न नदिन सरकारलाई पत्राचार गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोगको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नुहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *