नेपालद्वारा वेस्ट इन्डिजलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३५ ओभरमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले ३०, गुलसन झाले २२ र दीपेन्द्र सिंह एरीले १७ रन बनाए ।

वेस्ट इन्डिजको लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर चार विकेट लिँदा नविन विदेशीले तीन तथा अकिल होसिनले एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *