राईको ‘राईः दि जर्नी बिगन्स’ सार्वजनिक

काठमाडौँ । अष्ट्रेलियामा रहेर सांगीतिक कर्ममा सक्रिय राईले दसैँको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘राई : दि जर्नी बिगन्स’ नाम दिइएको गीतलाई गायक राईले आफ्नै जीवन कथालाई धूनमा लिपीवद्ध गरेको बताएका छन् ।

आफूलाई राईका रुपमा मात्र चिनाउन रुचाउने उनको नाम सिद्धार्थ राई हो तर उनले आफ्नो परिचयलाई राईको रुपमा मात्र अगाडि बढाउने सोच अनुरुप गीतको ब्रान्डिङ गर्न लागेका हुन् । उनले यसका लागि ‘राई सधैँ राई,हामी नेपाली दाजुभाइ’ भन्ने नारा तय गरेका छन् ।

नेपाली संगीतलाई विश्वस्तरीय बनाउनु पर्छ भन्ने सोचसहित संगीतमा सक्रिय राईले यो गीत विश्वका ७ देशमा रेकर्ड गराएका थिए । उनले अमेरिकादेखि युरोपसम्ममा गीत रेकर्ड गराएका थिए । तर अष्ट्रेलियामा रेकर्ड गरेको गीत चित्त बुझ्दो लागेपछि उनले यही देशको रेकर्ड बाहिर ल्याएका हुन् । गीतको निर्माणमा मात्र ५० हजार डलर खर्च भएको राईले जानकारी गराए ।

अष्ट्रेलियामा नै खिचिएको म्युजिक भिडियोमा अष्ट्रेलियाका सडकसँगै कन्सर्टको माहोल प्रस्तुत गरिएको छ ।
राईले यसअघि दर्जन हाराहहारी गीत सार्वजनिक गरिसकेका छन् ।

आफूलाई राईका रुपमा चिनाउन रुचाउने उनले हरेक गीतलाई राईसँग जोडेर प्रस्तुत गर्ने गरेका छन् । परदेशमा घरदेशलाई जोड्न रुचाउने उनका गीतले पनि यही मर्म आत्मसात गर्ने गरेका छन् । गीत राईट्युन्स नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *