प्रज्जवल थापा । त्रिभुवन आर्मी फूटबल क्लबले महिला लिगमा सहज जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २-० गोलले पराजित गरेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र बिमला चौधरीले एक/एक गोल गरिन् । खेलको पहिलो मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई खेलमा अगाडि बढाएकी थिईन् । यस्तै ४२ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाईन् ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्मी २-० गोलले विजयी भएको हो । जितसँगै आर्मीले शिर्ष स्थानको एपिएफसँग अङ्क दुरी दुई अङ्कमा झारेको छ । हाल आर्मी ८ खेलमा १९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित वालिङ तेस्रो स्थानमा यथावत छ ।
तस्बिर:- एन्फा
